logo
  • सोमबार, असोज १२ २०८३

पानी टंकी भत्काएपछि आन्दोलित नेविसंघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, बुटवल माघ २५ ।
बुटवल बहुमुखी क्याम्पस प्रशासनले नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानिको टंकीे भत्काए पछि आन्दोलित विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

तालाबन्दी पछि नेविसंघ बुटवल बहुमुखी क्याम्पस इकाई कार्यवाहक सभापति ऋषि भण्डारीले विज्ञप्ति जारी गदै वि.स.२०५२ सालमा नेपाल विद्यार्थी संघले निर्माण गरेको पिउने पानिको टंकी क्याम्पस प्रशासनले भत्काए पछि आफ्नो माग पुरा गर्न क्याम्पस प्रशासनले वास्ता नगरेकोले बाध्य भएर तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।

गत २०७६ असार १६ गते क्याम्पस प्रशासनले विना जानकारी पानिको टंकी भत्काए पछि तत्कालिन क्याम्पस प्रमुख डा. शखिशरण सुवेदीले टंकी निमार्ण गरिदिने सहमति भएको थियो ।

सुवेदीको कार्यकाल सकिए पछि नयाँ क्याम्पस प्रमुख समक्ष नयाँ खानेपानी टंकी निर्माण गर्न जग्गा उपलब्ध गराउने सहमति भएपनि अहिले आएर त्यस सहमति भन्दा बाहिर गएर क्याम्पस प्रशासनले एकलौटी ढङगले राजनितिक पुर्वाग्रह राखी नेपाल विद्यार्थी संघ बुटवल बहुमुखि क्याम्पस लाई क्याम्पस प्रमुखले काम सुचारु गर्न पत्र नदिएको र विभिन्न बहाना बनाई निमार्ण कार्यमा अवरोध पु¥याएको कारण नेवि संघ बुटवल बहुमुखी क्याम्पस आन्दोलित भएको भण्डारीले बताउनु भयो ।

क्याम्पस प्रशासनले दिएको समय सम्म पनि क्याम्पस प्रमुखले निमार्णको काम सुचारु गर्न नदिएकोले बाध्य भएर क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालीन ताला लगाएको भण्डारीले बताउनु बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend