logo
  • शुक्रबार, असोज ९ २०८३

“आज हाम्रो विहे वर्षगाठ” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल माघ २४ ।
विहे वर्षगाठ सम्बन्धी गीत “आज हाम्रो विहे वर्षगाठ…” सार्वजनिक भएको छ । ध्रुव विश्को र पार्वती बुढाथोकीको स्वर, पार्वतीकै शब्द र सङ्गीत र आदेशको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

नारायण रिजालको निर्देशन, रेनुका रिजालको कोरियोग्राफी, सुरज लामिछानेको निर्देशन कन्सेप्ट रहेको गीतको भिडियोमा रोशन बुढाथोकी र प्रतिज्ञा भण्डारी मुख्य कलाकारमा रहेका छन् भने पार्वती र पृयाराम बुढाथोकी साथमा बालकलाकार आस्तिक रिजाल र सिंचन केसीको अभिनय छ ।

सम्भवत पहिलो विहे वर्षगाठको यो भिडियो निर्देशन गरिएको निर्देशक नारायण रिजालले बताए । भिडियो काठमाडौंको दैलो इभेन्टमा छायाँकन गरिएको छ । रिजालको निर्देशनमा रहेका धेरै गीतका भिडियो लोकप्रिय रहेका छन् ।

यो गीतमा पनि आफ्नो टिमले राम्रो भिडियो स्रोता/दर्शकमाझ ल्याउने प्रयास गरेको उनले बताए । यस्तै मोडल रोशन बुढाथोकीले पनि उत्कृष्ट गीतको भिडियो पस्किने कोशिस गरेको बताए ।

बुढाथोकीले मोडलिङ तथा अभिनय गरेका थुप्रै गीतका भिडियो लोकप्रिय छन् । दृश्य निर्माण शिवकैलास कला मन्दिरको रहेको भिडियोमा राहुल राईको छायाँकन, शृङ्गार नरेश खरेल, आर्ट डाइरेक्टर कृष्ण नेपालीको छ । गीतको भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।


हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend