logo
  • शुक्रबार, असोज ९ २०८३

संवैधानिक आयोगमा सरकारले गरेका नियुक्ति बदरको माग गर्दै सभामुखद्वारा सर्वोच्चमा रिट निवेदन पेस


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क २३ माघ,काठमाडौँ — संवैधानिक आयोगहरूमा सरकारले गरेका नियुक्ति संविधान विपरीत भएको भन्दै सभामुख अग्नि प्रसाद सापकोटा रिट
निवेदन लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।
सभामुख सापकोटाले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पनि पेस गर्नुभएको छ ।
सापकोटाले पेस गरेको रिट निवेदनमा संवैधानिक परिषद्को पुस ५ गतेको निर्णय बदर गर्न माग गर्नुभएको छ । साथै उक्त निर्णयका आधारमा संवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले रिटमा माग गर्नुभएको छ ।
नियुक्तिपछि राष्ट्रपतिबाट शपथ लिई पदभार ग्रहण गरिसकेका संवैधानिक आयोगका पदाधिकारी लाई काम कारबाही गर्न नदिन पनि रिटमा माग गरिएको छ ।
त्यस्तै उनीहरुको नियुक्ति यथास्थितिमा राख्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने पनि सभामुख सापकोटाले रिटमा माग गर्नुभएको छ ।
अहिले निवेदन पेस भइसकेको र दर्ताको प्रक्रियामा रहेको पनि सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend