logo
  • सोमबार, असोज १२ २०८३

१ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क माघ २१,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
तीन हजार ५५७ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १४२ सङ्क्रमित थपिएका हुन् । २०६ जना सङ्क्रमित सङ्क्रमण मुक्त भई फर्केका छन् ।
नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार ४३१
पुगेको छ ।

यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।
हाल दुई हजार ३३५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमण बाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend