साझा नेटवर्क
वीरगंज, माघ २०।
वीरगंजमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । भारतीय नागरिक असरफ अन्सारीले श्रीमती मनु थापाको हातले घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ ६ बजे डेरामा आपसी मनमुटाव हुँदा उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ।उनीहरुले डेढ वर्षअघि प्रेम विवाह गरेका हुन्।
केटाको परिवार वीरगंज छपकौयामा बस्दै आएको र डेढ वर्षअघि दुबैको दोस्रो विवाह गरेका थिए। मृतक मनुको पहिलो श्रीमानबाट साढे ३ वर्षकी छोरी छिन्।
केटाले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरी मनुसँग विवाह गरेका हुन् । शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको पर्सा प्रहरीले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend