logo
  • सोमबार, असोज १२ २०८३

चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ : अध्यक्ष पटेल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु माघ १९ ।

हिन्दु परिषद नेपालका केन्द्रय अध्यक्ष सन्ताेष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट हुने बताउनु भएको छ ।हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने अध्यक्ष पटेलले उदघोष गर्नु भयो । नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयाेजना गरेकाे हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनु भयो । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूकाे चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो । उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई अापसमा भेटिदा जय श्रीरामकाे अभिवादन गर्न अग्रह गरेका छन ।हिन्दु जनजागरण कार्यक्रममा बाेल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जाेसिले हिन्दुहरूकाे अस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेकाे बताउनु भयाे । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकाेेेले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेकाे घटना बढदै गई रहेकाे छ । यसलाई राेक्न हिन्दुहरू जग्नु पर्ने बताउनु भएकाे छ ।

कार्यक्रम भुवन मिश्राकाे अध्यक्षता मनिष मिश्राकाे संचालन तथा शुसिल गुप्ताकाे सहयाेगमा कार्यक्रम सम्पन्न भएकाे विकास उपाध्याले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend