साझा नेटवर्क
केशब गौतम,गुल्मी माघ १८ ।
धुर्कोट गाउँपालिकामा महिला उद्यम समूहले कालिका प्राथामिक बिद्यालयमा रहेका गरीब तथा जेहेन्दार बिद्यार्थीलाई उत्साह स्वरुप उपहार बितरण गरेको छ ।
धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सिर्जनसिल सामुदायिक बिकास केन्द्रद्वारा संचालित सामुदायिक विकासका लागी बाख्रा उद्यम परियोजना अन्तरगत उपहार बितरण गरिएको हो धुर्कोट गाउँपालिकाको नयाँगाउँमा गठित सक्रिय महिला उद्यम समुह द्वारा कालिका प्राथामिक बिद्यालयमा अध्यनरत विद्यार्थी सुभम बिक र राधा बिक लाई २ दर्जन कापी २ प्याकेट पेन्सिल ८ ओटा कपडा धुने साबुन र २ वटा नुहाउने साबुन उपहार स्वरुप प्रदान गरिएको बाख्रा उद्यम परियोजना सहजकर्ता बिष्णु कुवँरले जानकारी दिए । यसअघि भोकालाई ‘एक छाक भोजन होईन जिउने जुक्ती सिकाऔँ’ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै समुहमा हेफर आधारशिला तालिम सम्पन्न भएको थियो ।
समुहका सबै सदस्यले उपहार प्रदान गर्ने सामुहिक प्रतिवद्धता गरेअनुरुप आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई उपहार प्रदान गरिएको हो । यस्तै ब्याक्तिगत कार्ययोजना अन्तरर्गत सोही समुहकी सदस्य मिना जिसिले बिद्यार्थी दुर्पता जिसिलाई विद्यालयको बिद्यालय पोशाक, समूहकी अध्यक्ष सरिता जिसिले सोही स्कुलका १७ जना विद्यार्थीहरुलाइ ४ वटाका दरले ६८ वटा कापी र २ वटाका दरले ३४ वटा पेन्सिल दुई हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री उपहार प्रदान गरेकी थिइन् । कार्यक्रम मा बोल्दै कालिका प्राथामिक बिद्यालयका प्रद्यानाध्यापक रमेश खनालले समुहले उदाहरणिय काम गरेको भन्दै सहयोगीको प्रशंसा गरे ।
कालिका प्राथामिक बिद्यालयमा पढ्ने बिद्यार्थीमध्ये केही विद्यार्थीहरुको घरमा आर्थिक अबस्था कमजोर भएकोले बास्तबिक आबस्यकताको पहिचान गरी उपहार प्रदान गरेको समुहका सम्पुर्ण सदस्यहरुले बताएका छन् । सक्रिय महिला उद्यम समुहकी अध्यक्ष सरिता जिसिको अध्यक्षता, कमला जिसिको स्वागत मन्तव्य, सामुदायिक बिकास सहजकर्ता लक्ष्मण सुनार, बिष्णु कुँवरको सहभागीता रहेको कार्यक्रमको संचालन समूहकी सचिब रमिसा जिसिले गरेकी थिइन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend