logo
  • सोमबार, असोज १२ २०८३

महेन्द्र नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

केशब गौतम,गुल्मी माघ १८ ।

जिल्लाको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । रेसुङ्गा नगरपालिका १ तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीले कक्षा ११ पढ्न आएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको बिद्यालयले जनाएको छ । विज्ञान संकायका विद्यार्थीहरुद्धारा विज्ञान संकायमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिकराम पन्थीले नमुना विद्यालयमा अध्ययन गर्न पाएकोमा गौरव गरी आफ्नो पढाइलाई पनि नमुना बनाउन बिद्यार्थीलाई आग्रह गरे । कार्यक्रमको बिशेष अतिथि विद्यालयका प्रधानाध्यापक युवराज ज्ञवालीले विगत देखी यसवर्ष पनि निरन्तरता दिएर विद्यार्थी, विद्यालय र व्यवस्थापन समिति सँगको सामिप्यतालाई झन् नजिक गराउनेमा आशा र विद्यार्थीले राम्रो सँग विद्यालयको नीति र नियममा रहेर अध्ययन गर्न सुझाव साथै कुनै समस्या आइपरेमा आफ्नो अभिभावक सम्झी समस्या राख्न सुझाव दिए ।

कार्यक्रममा बिद्यालय समिति सदस्य युवराज भण्डारी, पुष्पा पन्थी, बिद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी, प्राथामिक तहका इञ्जार्च सम्झना गौतम, विज्ञान संकाय संयोजक खुमानन्द घिमिरे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन कक्षा १२ मा पढ्ने विद्यार्थी दिक्षा अर्याल र पृथ्वी पाण्डेले गरेका थिए । कार्यक्रमको सभापति महेन्द्र माध्यमिक विद्यालय कक्षा १२ विज्ञान संकायकी विद्यार्थी दिपा पाण्डेको रहेको रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend