logo
  • शनिबार, भाद्र २० २०८३

दाङ्ग देउखुरी सेवा समाज दोहा कतारको पाचौं साधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, दोहा माघ १७ ।

दाङ्ग देउखुरी सेवा समाज दोहा कतारको पाचौं साधारणसभा दोहाको नज्मा स्थित गोर्खा होटेलमा सम्पन्न भएको छ ।दाङ्ग देउखुरी सेवा समाजका अध्यक्ष हेम राज बस्नेत को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सस्थाका प्रमुख सल्लाहकार बसन्त राज पुरी प्रमुख अतिथी रहनु भएको थियो । दाङ्ग देउखुरी सेवा समाज दोहा कतार को पाचौं साधारण सभा साथै विशेष अतिथीमा दिप संचारका संचालक तथा संचारकर्मी दाङ्ग बासी दिपजङ्ग साह, रहनु भएको थियो । अतिथिहरुमा महिला बिभागकी संयोजक उषा परियार, सास्कृतिक बिभागका संयोजक राजन चापागाइ रहनुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव मीन राज पुनले गर्नुभएको थियो ।

सस्थाका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकीको स्वागत मन्तब्य र सास्कृतिक बिभाग कि कलाकार सजना स्वोर्णकार को नृत्य सङ्गै सुरु भएको थियो । कार्यक्रममा सस्थाका निबर्तमान महासचिव मीन राज पुनले संस्थाको २०१८-२०२० दुई बर्से कार्यकाल को कार्यप्रगती प्रतिबेदन र संस्था का निबर्तमान कोषाध्यक्ष ले आर्थिक प्रतिबेदन प्रश्तुत गर्नुभएको थियो । उक्त साधारणसभा बाट नवनिर्वाचित २१ सदसिय कार्यसमिती पदाधिकारिहरु निम्न उल्लेखित रहेको छ ।

१) अध्यक्ष – छबिलाल बुढाथोकी

२) प्रथम उपाध्यक्ष- रण बहादुर के सि

३) दुतिय उपाध्यक्ष – राजन चापागाइ

४) महिला उपाध्यक्ष – उषा परियार

५) महासची – केशब बुढा मगर

६) सचीव- गोपाल राज पोख्रेल

७) कोषाध्यक्ष – मनिशा खड्का

८) सह-कोषाध्यक्ष – छबिलाल परियार

केन्द्रिय सदस्यहरु..

९) वसन्त कवर १०) नारायण थापा ११) मनिरत्न तुलाधर १२) बिष्णु के सि १३) सुर्य बहादुर कठायत १४) देवा अधिकारी १५) शरद पाण्डे १६) प्रेम चौधरी १७) साजना स्वोर्णकार १८) यज्ञ बुढाथोकी १९) माधब भन्डारी २०) खेतुलाल थापा छेत्री २१) जंग बहादुर रोका मगर साथै सस्था को वरिष्ठ सल्लाहकार र सल्लाहकारहरु आउदो मासिक बैठकले चयन गर्ने  बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend