logo
  • शनिबार, भाद्र २० २०८३

शान्ति खत्री लाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क,कतार माघ १७ ।

“एकले सबैलाई सबैले एकलाई “अप्ठ्यारोमा सबैको साथलाई मनन गर्दै नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह कतारले सस्थाका पुर्ब उपाध्यक्ष आई बहादुर खत्री कि श्रीमती शान्ति खत्रीलाई आर्थिक सहयोग गरेको छ ।स्तन क्यान्सर रोग बाट पीडित भई Nepal Police Hospital मा उपचारको क्रममा दुबै स्तनको अप्रेसन गरि निरन्तर उपचार को क्रममा हुनुहुन्छ । उहाको को स्वास्थ लाभ को कामाना गर्दै जिफन्ट सहयोग समुह कतारको पहलमा आर्थिक संकलन गरि १६ माघ २०७७ का दिन जिफन्ट कतार का सस्थापक अध्यक्ष बिस्वराज नेपाल, सस्थापक सचिव ढाल सिङ मगरको उपस्थिति मा नेपाल ट्रेड युनियन माहासंघ( जिफन्ट) का केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठ बाट बाट नेपाली रुपैया ७७ हजार हस्तान्तरण गरिएको छ ।क्यान्सर रोग बाट पीडित श्रीमती शान्ति खत्री को स्वास्थ लाभ को कामाना गर्दै आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हरु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै उहाँको उपचार को लागि सहयोग गर्न चाहनु हुने सहयोगी मन का धनी हरु ले ९७७९८४३३३९८७९ मा सम्पर्क गरि सहयोग गर्न सक्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend