logo
  • सोमबार, असोज १२ २०८३

पत्रकार विद्यार्थी संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सृजना आचार्य,कपिलवस्तु माघ १७ ।

पत्रकार विद्यार्थी संगठनको कपिलवस्तुको प्रथम भेला आज बनगाइमा सम्पन भएको छ । भेलाले नौ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ ।उक्त भेलाबाट अध्यक्ष पदमा राधा पान्डे,उपाध्यक्षमा अनिता क्षेत्रि,सचिब पदमा अनिश बन्जाडे,सह(सचिब पदमा सृजना आचार्य ,कोषाध्यक्ष पदमा बिमला बि सि त्यस्तै पवनराज पान्डे,नवराज बेल्बासे,मनिशा पौडेल , मनिषा भुसाल सदस्य पदमा चयन भएका छन ।कार्यक्रममा प्रमुख अतिथि को आशनबाट बोल्दै पत्रकार विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले संगठनले विशेषज्ञगरि उत्पीडनमा परेका पत्रकार बिद्यार्थिहरुको हक हितका लागि काम गरि सो कार्यमा सक्रियताका साथ लागि पर्ने धारणा राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

सृजना आचार्यको स्वागत मन्तव्य ,संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यता, र राधा पान्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन अनिश बन्जाडेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend