अनिल खत्री
माघ १७ गुल्मी ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा शालिकराम पन्थी चयन हुनुभएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील रहेका पन्थी जिल्लाकै शैक्षिक धरोहरका रुपमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयकाे बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन हुनुभएको हो ।
सामुदायिक रेडियो स्काई गुल्मीको संचालक समिति अध्यक्ष समेत रहनुभएका शालिकराम पन्थी सामाजिक क्षेत्रमा क्रियाशील छन् ।