logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडमा वडा टोलमै पुगेर पशु सेवा शिविर सञ्चालन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

कमल पौडेल

१५ माघ-बडिगाड, बागलुङ

बडिगाड गाउँपालिका वडा नं. ४ जलजलामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ। बडिगाड गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७७-७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सो शिविर सम्पन्न भएको हो। सो कार्यक्रममा वडा नं. ४ का अध्यक्ष प्रेम गलामीले टोल टोलमा पुगेर गरिने शिविरले आम कृषकहरुले राहत महसुस गरेको बताउनु भएको छ। कार्यक्रममा पशुसेवा शाखाका प्रमुख बसन्त गौतम, वडा सदस्य प्रेम बहादुर श्रीस, वडा सचिव ओम बहादुर रेश्मी लगाएतले बोल्नुभएको थियो।

शिविरमा १ सय ९३ कृषकहरुले लाभ लिएका छन्। जसअनुसार ७ सय ६० गाइभैंसि र २ हजार १ सय ७६ बाख्रा तथा ३ हजार बढि कुखुरा लगाएत पंछिको लागि निशुल्क औषधि तथा सेवा प्रदान गरिएको पशु सेवा प्रमुख गौतमले जानकारी दिनुभएको छ। सो शिविरमा प्राविधिकहरु विन्दु छन्त्याल, अनिता थापा, प्रस्ताव केसि, उशा घर्ति लगाएतको सहभागिता रहेको थियो। सो शिविरको उद्घाटन कार्यक्रम कृषि समिति जलजलाका अध्यक्ष झविन्द्र बुढाथोकीको अध्यक्षता, वडा सदस्य दान बहादुर पुनको स्वागत मन्तव्य तथा नायव पशु स्वास्थ्य प्राविधिक प्रस्ताव केसिको सञ्चालनमा सम्पन्न भएको थियो।

बडिगाड गाउँपालिकाले दैनिक पशुपन्छिको औषधि तथा उपचार सेवाको उपलब्धता कम भएको क्षेत्रमा कृषकहरुको पायक पर्ने स्थानमै पुगेर निशुल्क औषधि वितरण, उपचार, बन्ध्याकरण तथा प्राविधिक परामर्श दिने उद्धेश्यले शिविर सञ्चालन गर्दै आएको छ। यसै विच विहिवार वडा नंं १० को दर्लिङमा शिविर सञ्चालन भैरहेको पशु सेवा प्रमुख गौतमले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend