logo
  • शनिबार, भाद्र २० २०८३

दलित एकता समाज नेपालको स्थापना दिवस दिल्लीमा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली माघ १४ ।
“दलित एकता, आजको आवश्यकता र छुवाछूत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरूको सहभागिता” भन्ने मूल नाराको साथ दलित एकता सञ्जाल नेपाल-भारतले केन्द्रीय समितिको दोस्रो स्थापना दिवस, दिल्ली राज्य समितिको पहिलो स्थापना दिवस तथा आर. के. पुरम सम्पर्क समितिको घोषणा सभा कार्यक्रम सम्पन्न गरेको छ ।

दीप प्रज्जवलन र दुवै राष्ट्रका राष्ट्रीय गीत बजाएर सुरु गरिएको कार्यक्रममा ज्ञात-अज्ञात सहिदहरू प्रति मौन धारण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रीय अध्यक्ष अर्जुन विश्वकर्मा, विशिष्ट अतिथिमा दिल्ली विश्वविद्यालयका प्रोफेसर डाक्टर शिदार्थ, अतिथिहरूमा केन्द्रीय सदस्य तथा महिला सशक्तिकरणकी ममता विश्वकर्मा, केन्द्रीय उपाध्यक्ष तथा दिल्ली राज्य समिति अध्यक्ष छोटू ओड, केन्द्रीय उपाध्यक्ष मोती सिंह मिजार, केन्द्रीय कोषाध्यक्ष दीपक चदारा दिल्ली राज्य समिति इन्जार्ज पुरन सार्की, महिला सशक्तिकरणकी कोषाध्यक्ष शान्ति विक, पारसमणि सुनार, गोपाल चदारा, धनबहादुर विक, गंगा विक र रेकम सुनार हुनुहुन्थ्यो ।

आर. के. पुरम सम्पर्क समितिका इन्चार्ज गणेश विश्वकर्माले उपस्थित जनसमुदायलाई स्वागत मन्तव्य दिए पछि डाक्टर सिद्धार्थ, गोपाल चदारा, पारसमणि सुनार, शंकर विक, पूरन सार्की मोती सिंह मिजार, ममता विक विष्णु बोमरेल र केन्द्रीय अध्यक्षले पनि सम्बोधन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिश्वकर्माले ‘प्रवासमा पनि दलितहरु आफ्नो हकहितको लागि ऐक्यबद्ध हुनुपर्ने बताउनु भयो । सोही अवसरमा पत्रकार गणेश बिष्टको संयोजकत्वमा निम्न अनुसारको आरकेपुरम सम्पर्क समिति गठन गरिएको छ । अध्यक्ष- थानेश्वर घिमिरे सुनार,उपाध्यक्ष- रेशम परियार ,सचिव- शंकर बि.सी.,कोषाध्यक्षा- सुश्री ममता चुनारा रहेका छन ।

त्यस्तै सदस्यहरुमा राजेन्द्र पार्की, चन्द्र रसायली, जितेन्द्र घिमिरे सुनार, राहुल घिमिरे सुनार, छान्ता घिमिरे सुनार, चित्रबहादुर सार्की विष्णु बोमरेल, रामबहादुर विक, सुविधा विक, सन्तोष विक, धनबहादुर विक, प्रकाश विक, शिव सुनार, कुमार जीपी, चोपेन्द्र बिसी, अर्जुन विक, दिला सार्की, मनीषा सार्की, कृष्णा विक, टेक बहादुर विक, सूरज विक, दिनेश सार्की, बमबहादुर विक रहेकाछन ।

त्यसैगरि समिति सल्लाहकार मा पारसमणि सुनार रहेका छन । कार्यक्रममा उदयमान कलाकारहरू जितेन्द्र घिमिरे सुनार, चोपेन्द्र घिमिरे सुनार र राजू पन्थीले प्रस्तुति दिएका थिए । अवेर सम्म चलेको कार्यक्रमको अध्यक्षता छोटू ओड र संचालन केन्द्रीय सचिव सुरेश विश्वकर्माले गर्नु भएको थियो ।

कार्यक्रम नयाँ दिल्लीको आरके पुरम सेक्टर ४ स्थित अम्बेडकर इन्सट्यूशनल संस्थानको प्रागणमा सामाजिक दूरीलाई कायम राख्दै सम्पन्न भएको थियो । भारतिय गणतन्त्र दिवसको अवसर पारेर यहि २६ जनवरीका दिन दिउसो १ बजेदेखि सुरू गरिएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend