logo
  • शनिबार, साउन ३० २०८३

गजल : गाउँ घरको सम्झना


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साहित्य प्रेमी सुरज रेसुङ्गा नगरपालिका-४, गुल्मी

गाउँ घरको सम्झना घरिघरि आउँछ,
त्यो लेकबेसी आँखा वरिपरि आँउछ ।।

थाकेर लखतरान पर्दै जब डेरा छिर्छु,
प्रियसीकै झल्को यो मनभरी आँउछ ।।

राम्रो कमाई अनि नमिल्दा सफलता,
दिमागमा सोच पनि थरीथरी आउँछ ।।

व्यर्थै छ सम्झनु त्यो अतितलाई पनि,
जुन सम्झिएर आँसु भेलसरि आउँछ ।।

सुख मात्रै हो गरिबको घरमा नआउने,
दुःख दिन त बाढी, पहिरो, झरी आउँछ ।।

                                            साहित्य प्रेमी सुरज
                                   रेसुङ्गा नगरपालिका-४, गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend