साझा नेटवर्क
अनिल खत्री,गुल्मी पुस १३ ।
सफल नेपाल इन्भेस्टमेन्ट कम्पनी बुटवल र रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीको संयुक्त आयोजनामा दुई दिने सेयर मार्केटिङ्ग सम्बन्धि कार्यक्रमका आज रेसुङ्गा बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ । गुल्मी जिल्ला कै धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई लक्षित गरी ब्यवस्थापन संकाय तर्फ अध्ययनरत विधार्थीहरुलाई मुख्य प्राथमिकतामा राखि सेयर मार्केटिङ्ग सम्बन्धि ज्ञान आर्जन गर्ने उद्देश्यले सफल नेपाल इन्भेस्टमेन्ट कम्पनी वुटबल र रेसुङ्गा बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा माघ १२ र १३ गते दुई दिने तालिम सोही क्याम्पसमा सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता तथा उद्घाटन रेसुङ्गा बहुमुखी क्याम्पसका प्रमुख हरि बहादुर खत्रीले गर्नु भएको थियो । भने वि.सं स का उपाध्यक्ष प्रमुख अतिथि धर्म बहादुर विश्वकर्मा विशेष अतिथि ब्या.सं स कोषाध्यक्ष अर्जुन प्रसाद आचार्य सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारी उपाध्यक्ष गोपीराज भुसाल र प्रशिक्षण सन्तोष बजगाई रहनुभएको थियो । भने सोही कार्यक्रमलाई सफल बनाउनको लागि सहभागी विधार्थी भाई बहिनीहरू र उपस्थित अतिथि महानुभावलाई सह क्याम्पस प्रमुख गोविन्द गौतमले धन्यवाद ज्ञापन गर्नुभएको भने रेसुङ्गा बहुमुखी क्याम्पसका सुचना अधिकारी चनक बहादुर कुँवरले सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend