साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान माघ ११ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तरगत गौमुखी गाउँपालिकाको आयोजनामा विपन्न जेष्ठ नागरिक सम्मान तथा सामाग्री वितरण कार्यक्रम अर्खा १ मा सम्पन्न भएको छ।

वडा न १अर्खाका वडा अध्यक्ष मान बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी रहनु भएको थियो।कार्यक्रममा बोल्दै जेष्ठ नागरिक अग्रज अविभाबक र राष्ट्रको गहना भएको र उहाँ हरु बाट हामीले पाठ सिक्नु पर्ने ,कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुको सु स्वास्थ्य दिर्घायुको कामना गर्नु भएको थियो।

तेसै गरि सम्मान कार्यक्रममा सहभागी दुबै खुट्टा गुमाएका ९४ वार्षिय तुलसा कामीले आफू अपाङ्ग भएको र सम्मानित हुदा खुसी लागेको बताउनु भयो ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका कार्यक्रम सहजकर्ता सिताराम के सिले गौमुखी गाउँपालिकाका सातै वडाका १६० जना जेष्ठ नागरिकलाई सामाग्री वितरण तथा सम्मान गरिने बताउनु भयो ।भने सो कार्यक्रममा गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीको उपस्थित थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend