साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ ११ ।
गुल्मीमा राष्ट्रिय परिचय पत्र बितरण सुरु गरिएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र बितरण गरेर सुरुवात गरिएको हो ।
परराष्ट्रमन्त्री ज्ञवालीले गतवर्षको साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमकाबिच बिवरण दर्ता गराएका थिए । बिवरण दर्ता गराएको झण्डै १९ महिना पछि राष्ट्रिय परिचय पत्र बितरण कार्य सुरु भएको हो। जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले परराष्ट्र मन्त्री ज्ञवालीलाई राष्ट्रिय परिचय पत्र बितरण गरेकी हुन् । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उद्धव पन्थी, रेसुङ्गा नगरपालिकाका वडानम्बर–१ की बिष्णुमाया पाण्डे र वडानम्बर–४ का कुलानन्द भण्डारीलाई परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय परिचय पत्र बितरण गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यसमा सबैलाई सहभागी गराउन आग्रह गरे । यो परिचय पत्रले नागरिकताको जस्तो काम नगरी अझ बढी प्रभावकारी रहेको उल्ल्खे गरे । जैविक र व्यैक्तिक विवरण समावेश हुने हुदा निकै उपयोगी र महत्वपूर्ण रहेको बताए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जिल्लामा भएको प्रगतीको बारेमा जानकारी गराउदै केही स्थायिन तहमा बिवरण संकल्नको कार्य चलेको बताइन।
उनले अब रेसुङ्गा नगरपालिकामा सुरु हुने जानकारी दिइन । जिल्लामा राष्ट्रिय परिचय पत्र बितरण गर्न जिल्ला भर हाल दर्ता दर्ता संकलनहरु खटाइएको छ।
१ लाख बढिको बिवरण दर्ता
जिल्ला प्रशासन कार्यालय गुल्मीको पछिल्लो तथ्याङ्क अनुसार १ लाख ७ हजार ३ सय २३ जनाले परिचय पत्र प्राप्त गर्नको लागी बिवरण दर्ता गराएका छन् । जिल्लामा गत कार्तिक २३ गते देखि ६१ स्टेशनबाट बिवरण संकलनको कार्य सञ्चान भैरहेको छ । जिल्ला प्रशासन कार्यालयमा मात्रै बिवरण संकलन कार्यलाई गत कार्तिक २३ गते देखि जिल्लाका स्थानीयतमै पुगि विवरण दर्ताको कार्य शुरु गरिएको थियो ।
जसमा जिल्लाको गुल्मीदरबार गाउँपालिकाबाट विवरण दर्ताको कार्य शुरु भएको थियो। अहिलेसम्म जिल्लाका ९ स्थानिय तहमा बिवरण संकल्न कार्य सम्पन्न भैसकेको छ। गुल्मीदरवार गाउँपालिकामा ११ हजार ९ सय ५ जना नागरिकले परिचय पत्रको लागी बिवरण दर्ता गराएका छन् । यस्तै धुर्कोट गाउँपालिकामा १० हजार ५ सय ८० जना, छत्रकोट गाउँपालिकामा १० हजार ८ सय ४५ जना, मदाने गाउँपालिकामा ९ हजार ७ सय ८० जना, मालिका गाउँपालिकामा १० हजार २ सय ४० जना, रुरुक्षेत्र गाउँपालिकामा ९ हजार ५ सय ९९ जनाले राष्ट्रिय परिचय पत्र प्राप्त गर्नको लागी बिवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै मुसिकोट नगरपालिकामा १४ हजार ६ सय ७८ जना, इस्मा गाउँपालिकामा ९ हजार ३ सय ५८ जना, सत्यवती गाउापालिकामा १० हजार ६ सय ६४ जनाले बिवरण दर्ता गराएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिकामा बिवरण दर्ता संकल्न कार्य चलिरहेको छ । जहाँ शनिबारसम्म १ हजार १ सय ७७ जनाले बिवरण दर्ता गराएका छन् । कालीगण्डकी गाउँपालिकामा पनि कार्य सञ्चानल भैरहेको छ । यस्तै रेसुङ्गा नगरपालिकामा सञ्चालन हुन बाँकी छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीबाट अहिलेसम्म ८ हजार ४ सय ९७ जनाको बिवरण संकल्नको कार्य भएको प्रशासन कार्यालय गुल्मीले जनाएको छ । परिचयपत्रमा नागरिकका व्यैक्तिक विवरण र जैविक विवरण लिईन्छ । व्यैक्तिक विवरण अन्तर्गत नामथर, ठेगाना, जन्ममिति, बुवाआमा, हजुरजबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा दश औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर लिइन्छ।
हाललाई नागरिकता प्राप्त व्यक्तिले मात्रै आवेदन दिन सक्छन् । परिचयपत्रको आधार नागरिकता प्रमाणपत्र भएकोले सक्कल नागरिकता अनिवार्य चाहिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend