logo
  • शनिबार, साउन ३० २०८३

मलेसियाबाट १७ युवाहरूको शव नेपाल पठाईयो


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

बाबुराम थापा, मलेसिया माघ १० ।
नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुरबाट शनिबार एउटै जहाजबाट १७ वटा शव नेपाल ल्याउने भएको छ । त्यसका लागि वाइडबडी जहाज ए ३३० आज राती ११ बजे क्वालालाम्पुर उड्ने छ । काठमाडौंबाट क्वालालाम्पुर जाने क्रममा भने १२ जना यात्रु मात्र रहनेछन् ।

जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । मलेसियाबाट नेपाल आउने क्रममा जहाजमा २५० हाराहारी यात्रु समेत सोही जहाजमा फर्कनेछन् ।

यसअघि यो रुटमा न्यारोबडी जहाजबाट नियमित उडान भ​एपनि मलेसियाबाट सानो जहाजमा यात्रुसहित उडान गर्दा यात्रुकै ब्यागेजले कार्गो भरिँदा नेपाल ल्याउनु पर्ने शवहरु उतै अड्किएका थिय ।

नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव ल्याउन लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

‘मलेसियामा अड्किएका शव नेपाल ल्याउनकै लागि हामी वाइडबडी जहाज पठाउँदैछौं,उनले भनिन्,राष्ट्रिय ध्वजाबाहक वायुसेवाका रुपमा यो हामीले गर्ने समाजसेवाको एक अंशका रुपमा लिएका छौं ।

विदेशमा समस्यामा परेका नेपाली होस वा ज्यान गुमाएका नेपालीहरुको शव ल्याउने क्रममा ध्वजबाहक कम्पनीका रुपमा नेपाल एयरलाइन्सले उडान गर्ने गरेको छ ​।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend