logo
  • सोमबार, असोज १२ २०८३

बुटवल ब्याडमिन्टन क्लवको अध्यक्षमा टण्डन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल माघ १० ।
बुटवल ब्याडमिन्टन क्लवको शनिवार बुटवलमा सम्पन्न ५औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशनवाट गोपाल टण्डनको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध चयन भएको छ ।

क्लवको प्रथम उपाध्यक्षमा पंकज ज्ञवाली, द्धितृय उपाध्यक्षमा नलराज नेपाल, तृतीय उपाध्यक्षमा तुल्सीराम भटृराई (शम्भु ) सचिवमा भरत राना, कोषाध्यक्षमा भानु खत्री , सहसचिवमा राजु खरेल र सह कोषाध्यक्षमा घनश्याम पौडेल (रामु) चयन हुनु भएको निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले बताउनु भयो ।

त्यसैगरि क्लवको सदस्यमा दिलिप गौचन ,नारायण तिवारी, दीपक भटृराई, शेर बहादुर भण्डारी, वालधर गोदार ,त्रिबिक्रम हेजू र वालकृष्ण पाण्डे चयन हुनु भएको छ । त्यसअघि साधारण सभाको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गदै खेलकुदको क्षेत्रमा नगरपालिकाले दिल खोलेर वजेट विनियोजन गर्ने बताउनु भयो ।

क्लवका अध्यक्ष रमेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष राम चन्द्र क्षेत्री,क्लवका पूर्व अध्यक्ष श्याम बहादुर पुन, निर्वतमान अध्यक्ष ईन्द्रलाल श्रेष्ठ क्लवका जीवनसिह कुवर, दीपक भटृराई राजेन्द्र ढकाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend