साझा नेटवर्क
साझा नेटवर्क ,माघ ८ काठमाण्डौ ( भारतबाट कोरोना विरुद्धको खोपको १० लाख डोज एयर इन्डियाको विमानबाट आज काठमाण्डौ आइपुगेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले
कोरोना विरुद्धको खोप हस्तान्तरण गर्नु हुनेछ ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आएको हो।
भारतले अनुदानमा दिएको यी खोपलाई टेकुमा
रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीन वटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ।
एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पु¥याउने छ भने अर्काेले हेटौँडा, पथलैया र विराटनगर लैजाने छ भनेतेस्रो भ्यानले पोखरामा खोप पु¥याउने छ।
सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएका लाई खोप उपलब्ध गराउने तयारी गरेको छ ।
भारतबाट अनुदानमा ल्याइएको खोप हरेक व्यक्ति लाई दुई मात्रा दिइन्छ ।
खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend