logo
  • सोमबार, असोज १२ २०८३

आईएमई लाईफ गुल्मीद्वारा मृत्युु दावी रकम मृतकको घरमै गई भुक्तानी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

मधुसुधन पाण्डे, गुल्मी माघ ७ ।
‌आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी गुल्मी शाखाद्वारा मृत्यु दावि रकम हस्तान्तरण गरिएको छ।जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा न ३ खत्रीटोलकी हरिकला सार्कीको ४६ बर्षको उमेरमा जण्डिसको कारणले २०७७ असोज २७ गते निधन भएको थियो।
‌
‌सार्कीले करिव १८ महिना अघि रु १ लाख ७० हजार बराबरको विमा गर्नुभएको थियो।उहाको दुखद निधन भएपछि आईएमई लाईफ ईन्स्योरेन्स कम्पनी गुल्मी शाखाले मृत्यु दावि भुक्तानी रकम १८१९०० ( अक्षरुपी एक लाख एकासी हजार नौ सय रुपैया) को चेक मृतकको घरमै पुगेर मृतक हरिकलाका छोरा तथा बुहारीलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरण गर्न गल्मी शाखा प्रमुख खुमलाल अर्याल एजेन्सी मेनेजर रमेस नेपाली, मिना नेपाली तथा वडा सदस्यहरुको उपस्थिति रहेको शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend