logo
  • सोमबार, असोज १२ २०८३

प्रदेश २ मा सोमवार सार्वजनिक बिदा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं माघ ४ ।

प्रदेश नम्बर २ काे सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । साेमबार बलिदानी दिवसकाे अवसरमा प्रदेशभर बिदा दिइएकाे मुख्यमन्त्रीकाे सञ्चार सचिवालयले जनाएकाे छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूकाे सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएकाे छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएकाे छ । उज्यालो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend