साझा नेटवर्क
दोहा ।
नेपाली जनसम्पर्क समिति कतारले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । हमद हस्पिटलको ब्लड डोनेट सेन्टरमा आयोजित उक्त रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन ।

समितिका प्रमुख सल्लाहकार बिमल सुवेदीले कार्यक्रममा पहिलो रक्तदान गरि सुरुभएको थियो करिब ८८ जनाको नाम दर्ता गरिएको भएपनि ६८ जनाले मापदण्ड अनुसार रक्तदान गरेका हुन ।

कार्यक्रममा कतारमा स्थापित बैचारिक, सामाजिक, ब्यवसायिक, सामुदायिक साहित्यिक संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो कार्यक्रममा २०० जनाको उपस्थिति रहेको संस्थाका महामन्त्री अजिज अलिले जानकारी दिएका छन ।
जनसम्पर्क समिति कतारको यो आठौ रक्तदान कार्यक्रम हो र हमद ब्लड सेन्टरले जनसम्पर्क समितिलाई अवार्ड समेत प्रदान गरेको जानकारी प्रमुख सल्लाहकार बिमल सुवेदीले दिएका छन ।
मेलमिलाप दिवसका अवसरमा बिगतका बर्षहरुमा रक्तदान संगै बनभोज सांस्कृतिक साहित्यिक लगायतका कार्यक्रमहरुको आयोजना गरेर मनाउदै आएका थियौ यस पटक कोभिड- १९ का कारण अन्य कार्यक्रमहरु स्थगित गरिएको थियो जानकारी महामन्त्रीले दिएका छन ।
कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेसको जनसम्पर्क समिति केन्द्रीय बिभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरुले उपस्थित सम्पूर्णलाइ स्वागत तथा धन्यवाद दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend