साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं माघ ३ ।
भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
उहाँहरुबीच आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय रक्षामन्त्री सिंहले ट्वीट गर्नुभएको छ । भारतको नेपालसँगको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिक तहबाटै अघि बढेको ट्वीटमा उल्लेख छ ।
आज विहानै ज्ञवालीले नेपाली दुतावासमा भारतीय पत्रकारसँग छलफल गर्नुभएको थियो ।
तीन दिने भारत भ्रमणमा रहनुभएका मन्त्री ज्ञवाली आजै स्वदेश फर्कने कार्यक्रम छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend