साझा नेटवर्क
– सृष्टि सावित्रा ।
हरेक बिहान उसैको तस्बिर पुजेर हिड्नु पर्छ,
जसको चिहान बाटो मुनि छ नाघेर हिड्नु पर्छ ।
मनमा काँडा आँगनमा फूल रोप्नेहरु धेरै हुन्छन्
आफ्नै बा, आफ्नो हुँदैनन् सोचेर हिड्नु पर्छ ।
म एक आँखा भएको अन्धो हुँ अरु के भनौ ?
नत्र किन ? उसको हात समातेर हिड्नु पर्छ ।
मन सपनाको आँखा आँशुको कारखाना हो
रित्तिन मिल्दैन आँखाले आँसु राखेर हिड्नु पर्छ ।
मनको भारी हुँदै होइन भरियाले बोके जस्तो
बिसाउन मिल्दैन संधै भरी बोकेर हिड्नु पर्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend