logo
  • सोमबार, असोज १२ २०८३

सिर्जनशील पत्रकारिता पुरस्कार मुस्ताङका थकालीलाई


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बागलुङ, माघ १ ।
सिर्जनशील पत्रकारिता पुरस्कार २०७७ मुस्ताङका पत्रकार सुन्दरकुमार थकालीलाई प्रदान गरिएको छ । नेपाल समाचारपत्र दैनिकका बागलुङ संवाददता तथा आदर्श सञ्चारका सह–सम्पादक सिर्जना पन्त र पत्रकार सन्तोष क्षत्रीले २०७१ सालमा विवाह खर्च कटाएर स्थापना गरेको १० हजार राशीको पुरस्कारबाट यस वर्ष थकालीलाई सम्मान गरिएको हो ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं वार्षिक साधारणसभाका अवसरमा घोषणा गरेको उक्त पुरस्कार बिहीबार एक समारोहका बीच प्रदान गरिएको छ । निर्वतमान संघीय सांसद मनकुमारी केसी, आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसी र संस्थापकद्वय पन्त र क्षत्रीले थकालीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

थकाली नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ अन्नपूर्ण पोष्ट, एपीवान टेलिभिजन तथा समाधान दैनिकमा कार्यरत हुनुहुन्छ । धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार यसअघि पर्वतका सन्तोष थापा, बागलुङका दिल शिरीष, म्याग्दीका सन्तोष गौतम, बागलुङका राम थापा र संगम घर्तिलाई प्रदान गरि सकिएको छ ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्धय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्चमा लाग्ने रकम ५० हजारको आदर्श सञ्चार सहकारीमा अक्ष्य कोष स्थापना गर्नुभएको थियो ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । यसवर्षबाट उक्त कोषको रकम रु. एक लाख पु¥याइएको संस्थापक सन्तोष क्षत्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend