logo
  • सोमबार, असोज १२ २०८३

शिवराज अस्पतालमा नयाँ डाक्टरलाई स्वागत


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,कृष्णनगर पाैष २८ ।

सामाजिक विकास मन्त्रालयले दरबन्दी माग गरेपनि अावश्यक जनशक्ति नपठाएरपछि कृष्णनगर नगरपलिकाले अान्तिरिक स्राेतबाट शिवराज अस्पतालमा डाक्टर लगायत स्वास्थ्यकर्मीकाे दरबन्दी थपेकाे छ ।समाजिक बिकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक जानकारी गराएपनि दरबन्दी नपठाएपछि सर्वसाधारणकाे समस्यालाई मध्यनजर नगरपलिकाद्वारा बहादुरगंज अवस्थित शिवराज अस्पतालमा जनशक्ति भर्ना शुरु गरिएकाे छ । नगरपालिका श्राेतबाट नवनियुक्त डा. मुकेश कुमार चाैधरी लाई अाज कर्मचारी र अस्पताल व्यवस्थापनमा सहयाेग गर्दै अाएका निर्भय सिंह, बादल सिंह लगायत ले स्वागत गरेका छन । त्यस्तै कृष्णनगर नगरपालिकाले अस्पतालमा अ.ब.०७६/७७ मा अप्रेसन भवनका लागि ५० लाख विनियोजित गरि निर्माण शुरु भइसकेका जानकारी गराउंदै केही दिन मै अावश्यक जनशक्ति पुर्ति गर्न नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो ।

केही राजनीतिक तत्वहरु अस्पताललाई बदनाम गराउन मात्र खाजेकाले क्षणिक समयका लागि समस्या हुन सक्छ तर नगरपालिकाले सुलभ र सुरक्षित सेवा प्रदान गराउन कटिबद्ध रहेका नगरप्रमुख शाहकाे भनाई छ। अहिले शिवराज अस्पतालमा १५ सैयाकाे थप भवन निर्माण हुने बाेलपत्र भैसकेकाे छ । साभार-कपिलवस्तु टाइम्स

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend