logo
  • शनिबार, साउन ३० २०८३

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अस्ट्रेलिया, पौष २८ ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले नेपाली भनेर गर्ब गर्न पाइने अबसर प्रदान गरिदिनुहुने राष्ट्रिय एकताका प्रतिक श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको सम्मानमा हामीले मनाउँदै आएको पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस यो बर्ष २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइरहंदा बिगतमा भोग्न परेका कठीनतम एबं जटिलतम समस्याहरुमाथि बिस्लेषण गरेर यस्लाई “ग्रेटर नेपाल” पुन:स्थापना उत्प्रेरक दिवसको रुपमा मनाइनु पर्ने किसिमले सोंचलाई परिमार्जन गर्दै श्री ५ बडामहाराज पृथ्वीनारायण शाहप्रति अझै उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।

एनआरएन आइसिसि सदस्य दुर्गा आचार्यले पृथ्वीनारायण शाहका दिब्योपदेशहरुको चर्चा गर्दै ती उपदेशहरु अहिलेको नेपालको सन्दर्भमा पनि उत्तिक्कै महत्व र समय सापेक्षको रहेको कुरामा जोड दिनु भयो ।

डिकिन यूनिभर्सिटीमा प्राध्यापन गरिराख्नु भएका डा असीम श्रेष्ठले पृथ्वीनारायण शाहले गर्नु भएको नेपाल एकीकरणका कारण आज हामीले नेपाली भनेर गर्ब गर्न पाएकोले उहाँप्रति कृतज्ञ हुनुपर्ने बताउनु भयो ।

दिदीबहिनी समाज भिक्टोरियाका प्रभा श्रेष्ठ र बर्षा केसी राजभण्डारी र बिभिन्न समुदायको प्रतिनिधिको उपस्थितिमा भएको उक्त कार्यक्रममा कार्यक्रमको आयोजनाको लागि पहल गर्नुहुने अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीले छोटो समयको जानकारीका बाबजुद समय मिलाएर आउने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी बर्ष तयारी गरेर भब्यताका साथ मनाइनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend