logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी पौष २७ ।
युवा पुस्ता उद्योग व्यवसायमा आकर्षित हुन थालेका छन् । कृषि, पशुपालन, नयाँ उद्योग, कलकारखाना, व्यापार गर्ने युवाको संख्या बढ्दै गएको छ । सानादेखि ठूला उद्योग व्यापारसम्म युवाको नेतृत्वमा हुने क्रम बढेर गएको छ । गुल्मीको इस्मा गाउँपालिकाको छल्दीमा पनि तम्घासमा युवाले कंक्रिट उद्योग सञ्चालनमा ल्याएर आफु र स्थानीय युवाहरुलाई रोजगारि दिँदै आएका छन् ।

गुल्मीका जिल्लाको रेसुङ्गा नगरपालिका निवासी युवा निशेष श्रेष्ठले इस्मा गाउँपालिकाको वडानम्बर–२ छल्दीमा कंक्रिट उद्योग संचालन ल्याइएको हो । विदेशमा भन्दा यहाँ अवसर राम्रो देखेर पनि मेहनत गर्न चाहनेले उद्योग व्यवसाय गर्न थालेका छन् । पछिल्लो समय धेरै युवाको रोजाइ विदेश बन्दै गएका बेला कतिपय भने स्वदेशमै केही गर्न चाहिरहेका छन् ।

केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई युवाले चरितार्थ पारेका छन् । युवा व्यावसायी श्रेष्ठले छल्दीमा जग्गा भाडामा लिई भुकम्प प्रतिरोधी इन्टर लकिङ्ग ईंटा,टायल लगायत कंक्रिट उत्पादन शुरु गरेका हुन् । २ वर्ष पहिले करिव ५ लाख लगानी गरेर उद्योग सञ्चालन गरेको श्रेष्ठले बताए ।

अहिले उनले ‘रेसुङ्गा इकोसेल एण्ड कंक्रिट उद्योग’ नाम दिएर उनले उक्त उद्योग संचालन गरेका छन् । अहिले उद्योग विस्तार गरेर सेवा सुविधा बढाई लगानी पनि ४५ लाख पुगेको उहाँको भनाई छ । २०७२ सालको भुकम्प पछि बिभिन्न जिल्लाहरुमा यस्तै सामाग्रीहरु उत्पादन भएको देखेर आफुले सुरु गरेको श्रेष्ठले बताए ।

एमबिए पढाई सकेर बिभिन्न ठाउँमा रोजगारि पनि गरेर त्यहि अनुभवलाई आफुले आफनो उद्योगमा लगाएको श्रेष्ठले बताए । पढाई पछि बैदेशीक रोजगारिका लागि जान आटेका युवा स्वदेशमै केहि गरेर अरुलाई पनि रोजगारि दिनुपर्छ भन्ने सोचले नयाँ व्यवसाय सुरु गरेको बताए ।

अहिले बेरोजगार रहेका ५५ जना स्थानियलाई रोजगारी दिएको व्यवसायी श्रेष्ठले बताए । नयाँ प्रबिधिको भुकम्प प्रतिरोधी नर्मल तथा ईन्टरलक सिमेन्टेड जोडाई रहेको छ । उत्पादन भएका सामाग्रीहरु धमाधम बिक्रि भईरहेको र माग बढिरहेको व्यवसायी श्रेष्ठको भनाई छ । उद्योगलाई अझै बिस्तार गर्दै लैजाने सोच रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend