logo
  • सोमबार, असोज १२ २०८३

सिरसिरे सहकारीद्वारा शेयर सदस्यको परिवारलाई १ लाख १५ हजार बीमा रकम प्रदान


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बुटवल, पौष २५ ।
सिरसिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलले आफनो शेयर सदस्यको दूर्घटनामा परि ज्यान गएकोमा परिवारलाई १ लाख १५ हजार रुपैया बीमा रकम प्रदान गरेको छ ।

सहकारीका शेयर सदस्य ईश्वर बहादुर कार्कीको विसं २०७६ चैत्र ५ गते दूर्घटनामा परि ज्यान गएकोमा सहकारीले गरिदिएको बीमावाट प्राप्त १ लाख र शेयरसदस्यको मृत्यु भएमा सहकारीले उपलब्ध गराउने थप १५ हजार गरि १ लाख १५ हजार रुपैयां शनिवार उहांको श्रीमती पुष्पा कार्कीलाई प्रदान गरिएको हो ।

सहकारीको १० औं वार्षिक साधारण सभामा बीमा रकम प्रदान गरिएको सहकारीका अध्यक्ष वाबुराम गौतमले बताउनु भयो । त्यस्तै असल बचत कर्ताको रुपमा लक्ष्मी प्रसाद गैरे र असल ऋणीको रुपमा ईन्द्र प्रसाद सुवेदी मुकुन्दलाई संस्थाले समान्न गरेकोपनि अध्यक्ष गौतमले जानकारी गराउनु भयो ।

साधारण सभाले अध्यक्ष बावुराम गौतमको वार्षिक प्रतिवेदन कोषाध्यक्ष गिरीराज पोख्रेलको वार्षिक आय व्ययको प्रतिवेदन,र लेखा समितिका संयोजक विश्वनाथ अधिकारीले प्रस्तुत गर्नु भएको सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन पारित गरेको सचिव रामकृष्ण शर्माले बताउनु भयो ।

साधारण सभामा संस्थाका सल्लाहकार प्रेमलाल गैरेले सहकारीले शेयर सदस्यको हितमा काम गर्नु पर्ने र शेयर सदस्यहरुले पनि सहकारीको निगरानी गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सहकारीका उपाध्यक्ष गोविन्द प्रसाद सुवेदीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend