साझा नेटवर्क
रामु केसी, अर्घाखाँची पौष २५ ।
भुमिकास्थान नगरपालिका वार्ड न. ९ साबिकको ढिकुरा -१ टोडेयारमा सडक मार्ग निर्माण गरिएको छ । गच्छे भालुवाङ सडक पर्ने सो गाउँमा गाउँ भित्रको लागि बाटो नहुदा गाउँ नै बत्ती मुनिको अँध्यारो भएपछि सो सडक निर्माण गरिएको छ । गाउँमा बाटोको सुबिधा नभएपछि सरसामान ओसार पसार गर्न, बिरामी पर्दा, हिडडुल गर्न, आफ्ना सवारी साधनलाई आफ्नै घरमा पार्किङ गर्न नपाउदा समस्या भएको थियो ।

“बाटो नहुदा अत्यन्तै दुख भएको र बाटो बनेपछि सबैलाई सुबिधा भएको” स्थानीय जिवनारायण भट्टराई बताउनुहुन्छ । बिगतमा पटक पटक सो बाटो बनाउन पहल भएतापनि बिबिध कारणले निर्माण हुन सकेको थिएन ।
यो पटक भने स्थानिय युवा समाज सेवी बल बहादुर के. सी. (किशोर)को विशेष पहल एवं भुवन केसी, खिमराज चुदाली र भुमिकास्थान नगरपालिका वार्ड न. ९ का वार्ड अध्यक्ष नारायण खनालको सहयोगमा सो काम सम्पन्न भएको छ । सबैको घर आगनमा सुबिधा हुने गरि बाटो निर्माण भएपछि गाउँलेहरुमा खुसीयाली छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend