साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु पौष २५।
नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध कांग्रेसले देशभर प्रदर्शन गरेको छ । कांग्रेसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुले प्रदेश निर्वाचन क्षेत्रका ६ वटै निर्वाचन क्षेत्रमा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।संसद विघटन र सरकार अधिनायकवाद तर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले क्षेत्र नं १ को क मा पचेहरा, ख मा पकडी त्यस्तै क्षेत्र नं २ को क मा गोरुसिंगे ख मा सुठौलि भन्सार,क्षेत्र नं ३ को क मा भलवारी र ख को जिगनिहवा चैराहामा विरोध सभा सम्पन्न गरेको हो ।

क्षेत्र १ को क मा गोरुसिगेमा क्षेत्रिय कार्यवाहक सभापति हिमलाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सभापति सुरेन्द्रराज आचार्य क्षेत्रिय सभापति एव बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महिला संघ सभापति मिना केसी, लगायत बोलेको कार्यक्रमको संचालन क्षेत्रिय सचिव रोमलाल खनालले गरेका थिए ।
कपिलवस्तुको गोरुसिगेंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले प्रधानमन्त्री ओलीलाई संविधानको मर्म अनुसार चल्न आग्रह गर्नुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend