साझा नेटवर्क
मनोरञ्जन शर्मा,भैरहवा पुस २४ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता (पुरुष) का लामी लुम्बिनी प्रदेशको छनौट प्रतियोगिता भैरहवाको सिद्धार्थ रंगशालामा सुरु भएको छ ।
गु्रप ए अन्तरगत रुपन्देही, पाल्पा, कपिलबस्तु, नवलपरासीका खेलहरु भैरहवामा सुरु भएको हो । गु्रप बि अन्तरगत बाके, दांग र बर्दिया जिल्लाका खेलहरु दांगको देउखुरीमा पुष २६ बाट हुनेछ । भैरहवामा सुरुको दिन उदघाटन खेलमा रुपन्देहीले नवलपरासीलाई १६३ रनले पराजित गरेको छ । टस जितेर व्याटिंग रोजेको रुपन्देहीले निर्धारीत ३८ ओभरको खेलमा ५ विकेट गुमाउदै २१३ रन बनाएको थियो । खराब प्रकाशका कारण खेल ढिलो सुरु भएकोले खेल ४०ओभरबाट घटाई ३८ ओभरको गरिएका थियो । रुपन्देहीका लागी सन्दिप सुनारले ५९ रन बनाए । उन्ले ६४ बलको सामना गर्दै ५ चौका र ३ छक्काको मद्धतले सो रन बनाएका थिए । त्यस्तै देव खनालले ४७ र प्रकाश केसीले ४४ रनको योगदान गरे भने सन्दिप रजाईलीले २६ रन बनाए । बलिंगमा नवलपरासीका अजित यादवले २ तथा जितेन्द्र साहनी, ईकलाख अहमद गया साहनीले समान १।१ विकेट लिए ।
प्रतिउत्तरमा २१४ रनको बिजयी लक्ष्य पाएको नवलपरासी२२ ओभर १ बलमै ५० रन बनाई सवै विकेट गुमाई हार व्यहोरयो । नवलपरासीका लागी सर्बाधिक रन अमर रसाईलिले १४ रन बनाए भने अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । ५ जना खेलाडीले शुन्य रन बनाए । नवलपरासीलाई सस्तैमा आउन गर्ने क्रममा बिक्रम भुषालले ५, नितेश थापाले ३ र अनिल खरेलले २ विकेट लिए । खेलमा रुपन्देहीका बिक्रम भुषाल म्यान अफ द म्याच भएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगितामा शनिबार रुपन्देही र कपिलबस्तु बिच खेल हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend