साझा नेटवर्क
कमल पौडेल, बागलुङ पौष २३ ।
बागलुङको बडिगाड गाउँपालिकाको ८ औं गाउँसभा ग्वालीचौरमा सम्पन्न भएको छ । सभाले अघिल्लो आर्थिक वर्षवाट वचत भएको तथा संसोधन गरिएको ३ करोड ५२ लाख वढिको वजेट विनियोजन समेत गरेको छ ।

जस अन्तरगत भलामी शिसाखानी मोटरवाटो निर्माणको लागि २५ लाख, ग्वालीचौर छहरा दिपायर सडकको लागि २० लाख, भिमगिठे गोठान सडकको लागि १५ लाख लगाएत विनियोजन गरेको गाउँपालिकाका सुचना अधिकारी थम्मन बहादुर रेश्मीले जानकारी दिनुभएको छ ।

त्यस्तै गाउँसभाले कृषि तथा पशु सेवा तर्फ १ करोड ३५ लाख, स्वास्थ्य तर्फ ५० लाख र शिक्षा तर्फको ५० लाख वजेटलाई वाँडफाड गरेको छ । त्यस्तै लक्षीत वर्ग तर्फ महिला तथा वालवालिकाको लागि ११ लाख, जनजातिको लागि ७ लाख, दलितको लागि ५ लाख, जेष्ठ नागरिक कार्यक्रमको लागि ५ लाख, अल्पसंख्यकको लागि २ लाख, मुस्लिमको लागि २ लाख र अपांगता भएकाहरुको लागि ५ लाख बजेट विनियोजन गरेको छ ।
कार्यक्रममा उपाध्यक्ष अम्मर बहादुर श्रीसले बजेटको संसोधन प्रस्ताव पेश गर्नुभएको थियो । सो सभा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदीको स्वागत मन्तव्य तथा प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend