साझा नेटवर्क
गुल्मी, पौष २२ ।
नेकपा को बिद्यार्थी संगठन अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (ओली समुहं) गुल्मीको जिल्ला भेला तम्घासमा सम्पन्न भएको छ । जिल्ला भेलाबाट बिमल छन्तेल संयोजक तथा दशरथ पान्डेय सह–संयोजक रहनेगरी ११५ सदस्यिय सम्मेलन आयोजक समितिको चयन गरेको छ ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभासद कमलराज श्रेष्ठ प्रमुख अतिथि,नेकपाका केन्द्रिय सदस्य तथा नेकपा गुल्मीका अध्यक्ष मधुकृस्ण पन्त,नेकपाका केन्द्रिय सदस्य तथा युवा नेता राजेन्द्र अर्याल,नेकपाका केन्द्रिय सदस्य वालसिह काउछा बिशेष अतिथिको रूपमा रहेका थिए ।

कार्यक्रममा सबै बक्ताहरूले देशमा उत्पन्न पछिल्लो कठिन अवस्था लाई एकताबद्ध ढंगबाट पार गर्नका लागि बिधार्थीहरू टोल टोलमा पुग्न आग्रह गरे । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशी बिदेशी शक्तिहरूले पार्टीका केही अवसरबादी नेताहरू प्रयोग गरी घेराबन्दी गरिएको बताएका थिए ।
उनिहरुले यस्तो कार्यप्रती भन्डाफोर गर्दै अनेरास्वबियुका नेता तथा कार्यकर्ताहरू अभियाननै लिएर शैक्षिक संस्थामा पुग्न जरूरी रहेको बताए । बिमल छन्तेल सम्मेलन आयोजक समितिको संयोजकमा चयन भए पश्चात गुल्मीमा शैक्षिक आन्दोलन सहि ढंगबाट अगाडि बढ्ने अनुमान गरिएको छ । नवनिर्बाचित पदाधिकारीहरू लाई आजै पद तथा गोपनीयता को सपथ खुवाईएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend