साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुस २२ ।
विश्व हिन्दु महासंघले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औ जन्मजयन्ती भव्य रूपमा मनाउने निर्णय गरेको छ ।
दिवसको पूर्व सन्ध्यामा महासंघद्वारा बुधबार राजधानीमा अायाेजित प्रवचन गाेष्ठीमा यहीँ पाैष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई सम्पुर्ण ओमकार परिवारले हर्षाेल्लासका साथ मनाउने जानकारी दिईएको हो । दिवशका अवसरमा माल्यार्पण तथा दीप प्रज्वलन लगाएतका कार्यक्रम गरिनेछ्न । विक्रम सम्वत् १७७९ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको प्रथम पुत्रका रुपमा गोर्खा जिल्लामा पृथ्वी नारायण शाहको जन्म भएको थियो । राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कारेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।
राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो । तर, गणतन्त्र पछि सरकारले पुथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिदिएको छ । गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा ५० वटाभन्दा बढी भुरे–टाकुरे राज्यलाई जोडेर नेपाल एकीकरण गरेका थिए । २० बर्षको उमेरमै राजगद्दी सम्हालेका शाहले जीवनपर्यन्त एकीकरण अभियान अगाडि बढाएका थिए ।
उनको यही योगदानको कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने गरिएकोमा २०६२÷२०६३ को जनआन्दोलनपछि बनेको सरकारले एकता दिवस खारेज गरेको थियो । माओवादीको दबावमा तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले पृथ्वी जयन्ती र सो अवसरको बिदा कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । यद्यपि, त्यसपछिका बर्षमा पनि जनस्तरबाट पृथ्वी जयन्ती मनाउने क्रम भने जारी नै छ । यसवर्ष पनि देशभक्त नागरिकले स्वस्फूर्त रुपैया विबिध कार्यक्रमको आयोजना गरेका छ्न ।
पछिल्ला वर्षहरुमा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन जनस्तरबाट माग भए पनि सरकारले भने जनताको आवाजको कदर गरेको छैन । पछिल्ला वर्षमा मुलुकमा विदेशी चलखेल र चासो बढेको तथा राज्य सञ्चालनमा रहेका नेता र प्रशासकहरु अमूक स्वार्थमा अल्झँदा मुलुकको राष्ट्रियता कमजोर बन्दै गएको भन्दै आमस्तरमा चिन्ता बढेकाले पनि पृथ्वी जयन्तीको सान्दर्भिकताको खोजी भइरहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend