साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं पुस २२ ।
प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिट निवेदनको सुनुवाई आउने बुधबार हुने भएको छ । आजको सुनुवाई स्थगित भए सँगै अर्को सुनुवाई अर्को बुधबार अर्थात् यही पुस २९ गते हुने निर्णय भएको हो ।
आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा पेशी तोकिएको थियो ।
केही अधिवक्ताहरुले यी मुद्दाहरू वृहत पूर्ण इजलासमा पठाउनु पर्ने माग गरेका थिए । आउने बुधबार संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend