logo
  • सोमबार, असोज १२ २०८३

वायु प्रदूषण अत्यधिक हुने विश्वका ५० सहरमध्ये काठमाडाैं १ नम्बरमा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं पुस २१ ।

विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमा परेको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई) ३७२ पुगेको छ ।दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा पाकिस्तानको कराँची,सातौंमा बंगलादेशको ढाका  आठौँमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् । हिजो विश्वकै एक नम्बरमा पुगेको काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको थियो । तर अहिले एक नम्बरमा छ ।  विश्वका प्रमुख सहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी पनि काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो ।

आइक्यु एयरले वायु प्रदुषणको स्तर केही कम देखाए पनि काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो पूर्णरुपमा हटिसकेको छैन। अहिले पनि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ, घाम लागेको छैन । वायु प्रदूषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकहरुले आग्रह गरेका छन् । वायु प्रदूषणले फोक्सोका साथै आँखा, मस्तिष्क र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend