logo
  • सोमबार, असोज १२ २०८३

युवा कपिलवस्तु र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा न्यानो कपडा वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सिर्जना आचार्य, कपिलवस्तु पौष १९ ।
निकै लामो समयदेखी सामाजिक काममा सक्रिय दुई संस्था युवा कपिलवस्तु र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा झापामा गरिब,विपन्न बालबालिकालाई न्यानो कपडा बितरण गरिएको छ ।

करिब ५० वटा सुइटर वितरण गर्दै युवा कपिलवस्तुका न्यानो कपडा अभियानका अभियान्ताहरुले यसै गर्दै आफुहरु विभिन्न जिल्लामा न्यानो कपडा लिएर जाने कुरा बताएका छन।

उनीहरुले सामाजिक संजालबाट सहयोगको अपिल गर्दै सबैलाई यो अभियानमा सहयोग पुर्याउन अपिल गरेका थिए।कन्काइ नगरपालिका वडा न ३ का वडा अध्यक्ष रुद्र प्रसाद चिमरीयाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमा वडा सदस्यहरुको विशिष्ट अतिथ्यता रहेको थियो ।

इलाका प्रहरी कार्यालय सुरुङ्गा वन पधादिकारी विधालय प्रधानाध्यापक मार्गदर्शन नेपालका अध्यक्ष बलड डोनर्स कमिटी नमुना युवा कलब लियो क्लब अफ इटहरी गृनसिटी लगाएत विभिन्न सामाजिक व्यक्तित्वहरुको कार्यक्रमा उपस्थिती रहेको थियो।

त्यसैगरी कपिलवस्तुबाट त्यस अभियानको लागि कोपिला गिरि,सागर बन्जाडे,सजिता घिमिरे,सृजना आचार्य,मधु भुषाल,अनिल पाण्डे,माधव आचार्य सरोज घिमिरे न्यानो कपडा लिएर झापा पुगेका थिए।त्यस कार्यक्रमका प्रमुख अतिथी त्यसै वडाका अध्यक्षले सरकारले गर्नुपर्ने काम युवाहरुले गरिरहेकाले आफ्नो तर्फ बाट दिन सक्ने सम्पुर्ण सहयोग आफुले पुर्याउने कुरा बताए।

त्यसै कार्यक्रममा उपस्थित शैशव मञ्च नेपालका अध्यक्ष दिवस कार्कीले आफुहरुको संस्थाको शाखा प्रत्येक जिल्लामा रहेकाले प्रत्येक जिल्लामा आफुहरुले सक्दो सहयोग पुर्याउने कुरा बताए।बालबालिकाहरु कपडा पाएपछी खुसी हुँदै सम्पुर्ण सहयोगीलाई धन्यवाद पनि दिएका छन।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend