logo
  • शनिबार, भाद्र २० २०८३

तनहुँ सेवा समाज कतारद्वारा न्यानो अभियान


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

नबराज बि क, दोहा पौष १९ ।
वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु सामाजिक कार्यमा सकृय हुदै तनहुँ सेवा समाजमा आबद्ध भइ बिगतका बर्षहरु झै यसपटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै नगरपालिका र गाउँपालिका लाई समेट्दै निम्न आय भएका बिपन्न ७० परिवारलाई ब्यालेकेट (सिरक) सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गानाले बताउनु भयो ।

समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ । मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर सस्थागत रूपमा सहयोग जुटाइसकेको छ । गृह जिल्ला स्थित सबै स्थानीय तह सग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्ले ज्यु ले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend