logo
  • शनिबार, भाद्र २० २०८३

मोना कतारद्वारा भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार पौष १८।
म्याग्दी प्रवासी नेपाली सङ्घ, राष्ट्रिय कार्यकारी समिति (मोना कतार)ले बहुउद्देश्यीय अक्षय कोष स्थापनार्थ सञ्चालन गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ । सहानियॉमा अवस्थित अलदोसरी पार्कमा हिजो शुक्रवार सम्पन्न कार्यक्रममा उक्त नतिजा सार्वजनिक गरिएको हो ।

हरि बहादुर बानिया चिठ्ठा नम्बर ५५२ लाई पहिलो पुरुषकार ल्यापटप, भुपेन्द्र बहादुर पुर्जा चिट्टा नम्बर ११७३ लाई दित्तिय पुरस्कार ३२इन्चको एलसिडी टिभी, अक्तर नामका एक भारतीय नागरिकलाई तृतीय पुरस्कार एन्ड्रोईट मोबाइल परेको छ भने पाँच जनॉ शेर बहादुर घर्ती चिट्टा नम्बर ३११, गिरि शिति रोका चिट्टा नम्बर ७६५, विष्णु भुजेल चिट्टा नम्बर ७०, कृष्ण साही चिट्टा नम्बर १०८७, दीपक बहादुर कार्की चिट्टा नम्बर १०५० लाई सान्त्वना स्वरूप स्मार्ट घडी परेको छ ।

चिट्टा कार्यक्रमबाट भएको आम्दानी मोना कतारले स्थापना गर्न लागेको अक्षयकोषको सहयोगार्थ भएको हुदॉ सोही शीर्षकमै जम्मा गरीनेचिठ्ठा कार्यक्रमका संयोजक नरेन्द्र फगामीले जानकारी दिए । कोरोना कारण पुरुषकारलाई खोलिएकै स्थानबाट वितरण नगरी सम्पर्कमाआए पश्चात् विजेतालाई वितरण गरिने फगामीले बताए । विजेताहरूले १५ दिन भित्र अर्धकट्टी सहित सम्पर्क गर्न अनुरोध गरेका छन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष तिलु शर्मा पौडेलले सभापतित्व, मोना आइसिसीका सचिव रमेश पौडेल प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य राजु पौडेल सहित विभिन्न विभिन्न व्यक्तिहरूको विशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथीपौडेलले चिट्टा बिक्रि र सङ्कलनमा कार्यसमितिका पदाधिकारीहरूले गरेको प्रयासको प्रशंसा गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै सभापति पौडेलले बहुउद्देश्यीय अक्षयकोष स्थापना सहयोगार्थ सञ्चालित भाग्यशाली चिट्ठा कार्यक्रम “चिट्ठा काटेर परे उपहार नपरे सहयोग” भन्ने भावनालाई आत्मसाथ गर्दै सहयोग गर्नुहुने सम्पूर्णलाई विशेष आभार प्रकट गर्दै चिट्टा कार्यक्रमको आयब्यय अर्को मासिक बैठकमा सार्वजनिक गर्ने प्रतिबद्धता सहित उपस्थित सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend