साझा नेटवर्क
सूर्य सुनार, गुल्मी पौष १८।
लुम्वीनी प्रदेश प्रहरी कार्यालयले थालेको सडक सचेतना कार्यक्रम प्रभावकारी बन्दै गएको छ . नाचगानको माध्यम बाट प्रदेशका १२ वटा जिल्लामा सचेतना कार्यक्रमको सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै शनिवार देखी गुल्मीमा पनि उक्त सचेतना कार्यक्रम भएको छ ।

गन्र्धवहरुले सारगीं बाजा बजाउदै सन्देशमुलक संगित नागरिक माझ प्रस्तुत गरेका थिए । सडकमा सारगीं बजाउदै गाउदै नागरिकहरुलाई महिला हिंसा,घरेलु हिंसा,लैगींक हिंसा,बालविवाह, बहुविवाह तथा सवारी दुर्घटना न्युनीकरण बारेमा नागरीकलाई सरल ढंगले संगितको माध्यम बाट सचेत गराइएको प्रहरी सायक निरिक्षक जगन्नाथ पाण्डेले बताए ।
आज देखी सुरु भएको उक्त सचेतना कार्यक्रम गुल्मीमा भोली सम्म चल्ने छ । स्थानीय पालिकाहरु संग समन्वय गरेर यो कार्यक्रम लाई सबै माझ पुयाएर सबै नागरिकलाई सचेत गर्न यस कार्यक्रमको प्रमुख उदेश्य हो । उक्त कार्यक्रम पौष १ गते देखी संचालन भएको थियो भने समापन पौषको अन्तिममा हुने छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend