साझा नेटवर्क
सुर्य सुनार, गुल्मी पौष १७ ।
गायक, सर्जक तथा सन्चारकर्मी गणेश अधिकारीको सृर्जनामा रहेको “साँचो मायाको” गित सार्वजनिक भएको छ । गायक गणेश अधिकारी र अस्मिता क्षेत्रीको सुमधुर स्वरमा सजिएको गितमा सर्जक गणेश अधिकारीको उत्कृष्ट लय/ शब्द सृर्जना रहेको छ ।
एउटा विबाहीत पुरुष र अवीवाहीत नारी बीचको प्रेमले घर परीवारमा निम्त्याउने हानी यस भीडीयोमा मार्फत सन्देश दिन खोजिएको छ । मोडेलिङ्ग क्षेत्रमा एकछत्र राज गर्न सफल चर्चित कलाकार सारिका केसी र गायक स्वयम् गणेश अधिकारीको अभिनयमा सजिएको गितको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गर्नुभएको छ भने साथमा अर्जुन कुवर र विपना रोका क्षेत्रीको पनि अभिनय रहेको छ ।
सुरेश श्रेष्ठले खिचेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन् । योग्सना डिजिटल प्रा.लिको प्रस्तुतिमा रहेको गित Yogshina Digital कै अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ । गित रिलिज भएको २४ घण्टा नवित्दै युटुव ट्रेडिङ्गमा प्रवेश गरेको छ । गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend