logo
  • शनिबार, साउन ३० २०८३

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौँ, पौष १७ ।
पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend