साझा नेटवर्क
काठमाडौँ, पौष १७ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अन्नि सापकोटाले अविश्वासको प्रस्ताव दर्तामा किर्ते गरेको आरोप लगाएका छन्। ३६ देशमा रहेका नेकपाका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल सम्बोधन गर्दै उनले दिउँसो दर्ता भएको अविश्वासको प्रस्तावमा विहानको समय राख्न दवाव दिएर किर्ते गरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेकै दिन संसद सचिवालयमा अविश्वासको प्रस्ताव पनि दर्ता भएको थियो। ‘३:४० मा दर्ता भएको अविश्वासको प्रस्तावलाई १०:३० मा गराएको भन्ने’, प्रधानमन्त्रीले भने, ‘सभामुख जस्तो सम्मानित व्यक्तिले त्यस्तो गर्न मिल्छ।’
संविधानकै कार्यान्वनका लागि संसद विघटनको कदम चलेको उनले बताए। ओलीले बहुमत ल्याउन सकैलाई सहज नभएको बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend