logo
  • सोमबार, असोज १२ २०८३

फाइजर बायोएनटेको कोरोना खोपलाई डब्लुएचओको अनुमति


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क,काठमाडौं पुस १७ ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले फाइजर बायोएनटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति प्रदान गरेको छ । नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा बसेको संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले आपतकालीन प्रयोगका लागि फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरेको हो ।

विश्वभरका खोप विज्ञहरुको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरिएको हो । डब्ल्युएचओले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्नेमा समेत जोड दिएको छ । डब्ल्युएचओका सहायक महानिर्देशक डा. मारिएन्जेला सिमाओले विश्वभरका मानिसमा खोपको पहुँच स्थापित गर्ने दिशामा महत्वपूर्ण निर्णय भएको बताएका छन् । यो खोपलाई यसअघि बेलायत, अमेरिका, क्यानडा तथा केही खाडी देशहरुले अनुमति प्रदान गरिकसकेका छन् । ती देशमा खोप लगाउन सुरु भइसकेको छ ।

साथै अमेरिकाले अमेरिकी कम्पनी मोर्डेनाले उत्पादन गरेको खोपलाई पनि अनुमति दिइसकेको छ । त्यस्तै चीनले हिजो मात्रै चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप सिनाफार्म ज्याबलाई अनुमति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend