logo
  • शुक्रबार, असोज ९ २०८३

नारीले कहिलेसम्म अन्याय सहेर बस्ने ?


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-मधुसुधन पाण्डे ।
नारीलाई दुर्बल बनाउने र उपभोग्य वस्तु ठान्ने डरलाग्दो विभेदकारी संस्कारबाट संसारको कुनै पनि ठाउँ अछुतो छैन । समाजले छोरी जन्मिनेबित्तिकै ऊमाथि विभेदपूर्ण व्यवहार सुरु गर्छ, जानेर–नजानेर वा चाहेर-नचाहेर । यसरी हुने विभेदका अनेक रूप छन् ।

नारी आफैँले त्यो विभेद थाहा पाउँदैनन् र स्वतः स्वीकार गर्छन् वा उनीहरू यसमा अभ्यस्त छन् । उनीहरू अवला र कमजोर हुने अनि कोमल हृदयी, सहयोगी र सुन्दरी देखिनुपर्ने बाध्यता चेतना खुलेदेखि मृत्युपर्यन्त रहेकै हुन्छ । गज्जबको कुरा के छ भने नारीलाई समाजले अत्यन्त संवेदनशील अवस्थामा राखेको छ, जो पुरुषको इच्छाअनुकूल चल्नुपर्ने बाध्यता छ ।

किशोरावस्थादेखि नारीमाथिका बन्धनहरू कसिला हुँदै जान्छन् । पुरुषले नारीको अस्तित्वलाई उपभोग्य वस्तु मान्ने परम्परा तोडिन सकेको छैन । विश्वव्यापीरूपमा विद्यमान छ, ठाउँअनुसार मात्रात्मक फरक मात्रै हो । विश्वभरि नै नारी शरीरको मोलतोल भइराखेको छ । हाम्रा छोरी एक्लै हिँड्न सक्ने अवस्था संसारमै सृजना भएको छैन । यसो हुनुमा पुरुष र नारी दुवै जिम्मेवार छन् ।

आज नारीलाई केवल सन्तान उत्पादन गर्ने मेसिनको रुपमा मात्रै लिने गरिएको छ त्यसो त नारी अधिकारको लागि कानुुन नबनेको भन्ने त होइन कार्यान्वयन पक्ष कमजोर हो।देशको सर्वोच्च निकाय राष्ट्रपतिमा अहिले नारी नै हुनुहुन्छ तर निर्मला पन्त जस्ता हजारौं बालिका बलात्कृत हुदा पनि सरकारले न्याय दिन सकेको छैन।देशको प्रमुख पदमा नारी हुदाहुदै पनि नारीमाथि अमानवीय व्यवहार हुनुले प्रमुख पदमाथि नै प्रश्न चिह्न खडा भएको छ।

वर्तमान समयमा हाम्रो समाजमा कुनै नारीको विहेपछि उसको श्रीमान् वित्यो भने उसलाई अल्छिनाको उपनाम दिईन्छ तर ती आरोप लगाउनेहरुले कहिलेपनि सोच्दैनन् कि के कारणले मृत्यु भएको हो भनेर आज अरुलाई अलछिनाको संज्ञा दिने समाजले भोलि अरुलाई के संज्ञा देला?

नारी भनेको एउटा यस्तो चिज हो जो विना धर्तीको सृष्टि त रोकिन्छ रोकिन्छ अधिकासको घरमा त चुलो पनि रोकिन्छ।नारी यति साहसिक हुन्छिन कि जसले आफुले जन्म पाएको ठाउलाई मात्रै होइन आफुलाई जन्मदिने कर्मदिने,हुर्काउने,बढाउने आमाबुबालाई समेत त्यागेर अपरिचित मानिससग सम्बन्ध गास्छिन ।

उनलाई जन्म घर जन्मदिने आमाबुबा छाडेर आउदा कस्तो हुन्छ होला।त्यो असयिह प्रसव पिडा,बच्चा जन्माउने समय मरेर बाचेको कस्ले नै देख्छ र देख्छ त केवल उसको सानो कमजोरीलाई ठूलो बनाईदिनि कसरी हुन्छ राम्रोलाई नराम्रो भन्ने त्यसैले आजबाटै प्रतिज्ञा गरौ नारीमाथि म पनि अन्याय गर्दिन र गर्नपनि दिन्न भनेर ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend