logo
  • शुक्रबार, असोज ९ २०८३

मिसेस तामाङ – २०२० को ताज आकृति तामाङलाई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौँ पुस १६ ।

एस् एस.के इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस तामाङ (२०२० को ताज पहिरहन आकृति तामाङ सफल भएकी छिन । उनले ताज संगै मिसेस पपुलर र मिसेस पर्सनालिटीको टाईटल समेत जित्न सफल भएकी थिइन् । त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाईस र मिसेस कन्फिडेण्ट, मिना कुमारी तामाङ सेकेन्ड रनरअप र मिसेस फ्रेण्ड्लि, मुना तामाङ थर्ड रनरअप र बेष्ट वाल्कको उपाधि जित्न सफल भएका थिए । प्रमुख अतिथि बागमती प्रदेशको उपसभामुख माननीय राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा बिसेष अतिथिहरु पूर्व मन्त्रि माननीय पर्शुराम तामाङ र माननीय धन बहादुर घले रहेका थिए। बिगत ३ बर्ष देखि एस।के। इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशब थापा, शान्ति वाईबा तामाङ,रोशन तामाङ, बिरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा माननीय प्रभात तामाङ रहेका थिए ।प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०,२५,१५ र १० हजार सहित विभिन्न उपहार समेत पाएका थिए । तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एबम रहन(सहनलाई उजागर गर्दै विवाहित गृहिणीरव्यवसायिक तामाङ महिला दिदि(बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ (२०२० समग्र जनजातिहरुको पहिचान बनाउने उदेश्य हो ।प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन कोरियोग्राफर रोजिन शाक्य मार्फत एक महिना सम्म विशेष प्रशिक्षण पाएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन ।

प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन ियस सौन्दर्य प्रतियोगीताले बिबाहित तामाङ नारि बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छिन ।

प्रतियोगिताको संचालन फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend