logo
  • शनिबार, साउन ३० २०८३

गजल : पहल हुन्छन…


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

✍️रमेश पोखरेल रेसुङ्गा नगरपालिका ६ सिमाघाट गुल्मी

ती यादहरुबाट सधैं निद्रा भगाउने पहल हुन्छन,
यस्तै भइरहे जिउने बहाना कसरी सरल हुन्छन ।

रोपिन्छन् सर्वत्र अन्याय, अत्याचारका बीजहरु,
जो तह र तप्काबाटै संरक्षण अनि मलजल हुन्छन ।

म गाउँमा हुँदा प्रायः खाली खुट्टै घरबेसि गर्थें,
तिम्रो सहरमा त भान्सामा पनि चप्पल हुन्छन ।

त्यही रुखले हो अनेक पटक प्रहार सहनुपर्ने,
जसमा अरुमा भन्दा अत्याधिक फल हुन्छन ।

दिक्क लाग्न थाल्यो यी ठुलावडा भनौँदाहरु देखि,
जोबाट सानोतिनोलाई हर काममा दखल हुन्छन ।

लुकाइन्छन् हरेक अपराधलाई उच्च ओहदाबाटै,
रातारात डिएन्ए रिपोर्ट समेत फेरबदल हुन्छन ।

                             ✍️रमेश पोखरेल
            रेसुङ्गा नगरपालिका ६ सिमाघाट गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend